असार १५, २०७९
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
चितवन | मंसिर १३, २०७८
नेकपा एमालेको दशौं महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित हुने आकांक्षा पालेका दर्जनभन्दा बढी अनुहार केन्द्रीय सदस्यमै चित्त बुझाउनुपर्ने भएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमवार बिहान साढे ३ बजे सहमतिको लागि भन्दै १९ जना पदाधिकारीको सूची सार्वजनिक गरेका थिए ।
ओलीले पदाधिकारीमा ल्याउने आश्वासन दिएका केही अनुहारहरू केन्द्रीय समितिमा सीमित भएका छन् । ओली निकट मानिने महेश बस्नेतले सचिव पदमा पहिलो उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी घोषणा नगरे पनि अर्का नेता गोकुल बाँस्कोटा पनि सचिवको दाबेदार थिए ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई तथा प्रदेश १ कै भानुभक्त ढकालले सचिवका लागि आकांक्षा देखाएका थिए । यस्तै लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । उनीहरू पदाधिकारीमा समेटिएनन् ।
पदाधिकारीमा समेटिन नसकेका नेतालाई स्थायी कमिटी र पोलिटब्युरोमा समेट्ने ओलीले आश्वासन दिएका छन् ।
प्रदेश २ बाट रघुवीर महासेठ सचिव बने पनि माओवादी परित्याग गरेर आएका प्रभु साह पदाधिकारीमा अटाएनन् । प्रदेश ३ बाट शेरबहादुर तामाङले पदाधिकारीमा दाबी गरेका थिए । शेरबहादुरका दम्पती केन्द्रीय समितिमा आए पनि पदाधिकारी बन्न पाएनन् ।
गण्डकीबाट खगराज अधिकारीले सचिवमा दाबी गरेका थिए उनी पनि केन्द्रीय समितिमै सीमित रहेका छन् । महिलातर्फ बिन्दा पाण्डेले उपमहासचिवमा उम्मेदवारी दिने बताएकी थिइन्, उनी केन्द्रीय सदस्यमै सीमित रहेकी छन् ।
राधा ज्ञवाली, डा. शिवमाया तुम्बाहाम्फे, सीता पौडेल लगायतले पनि पदाधिकारीमा आकांक्षा गरेकोमा उनीहरू समेटिएनन् । कर्णाली प्रदेशबाट यामलाल कँडेल तथा सुदूरपश्चिमबाट कर्णबहादुर थापाले पनि पदाधिकारीमा आकांक्षा व्यक्ति गरे पनि उनीहरू समेटिएनन् ।
यसअघि नवौँ महाधिवेशनबाट सचिव निर्वाचित भएका भीम आचार्य पदाधिकारीमा अटाएनन् । उनले सचिवमा उम्मेदवारी दिएका छन् ।
सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको ह...
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवा...
गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन् । मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा सहभागी विपदमा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सर...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा ...
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् । अखिल नेपाल किसान महासंघले १९औं धान दिवसका अवसरमा बुधवार भक्तपुरको सिरुटा...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...