
रोयल नेपाल गल्फ क्लबमा भएको यो वर्षको वार्सटाइनर गल्फ प्रतियोगिताको उपाधि संगम केसीले जितेका छन् ।
केसीले ४१ अंकका साथ च्याम्पियनसिप जितेका हुन् । सञ्जीव तिवारी ३८ अंकका साथ पुरुष उपविजेता बने । हरि थापा ३३ अंकका साथ ग्रस विजेता भए ।
गीता गुरुङले २९ अंक जोड्दै महिलातर्फको उपाधि जितेकी छन् । त्यस्तै लेफ्टिनेन्ट जनरल विजय एसजेबी राणाले ३८ अंक सहित सिनियर खण्डको उपाधि जितेका छन् ।
मेजर जनरल विजय मोक्तानले ३६ अंक जोड्दै सिनियर रनरअपको उपाधि जितेका छन् ।
मिथुन राईले मोस्ट बर्डीजको अवार्ड जिते भने फुरसाङ लामाले लङ्गेस्ट ड्राइभको अवार्ड जिते । क्लोजेस्ट टु द पिनको उपाधि भाइराजा पाण्डेले जिते ।
लेफ्टिनेन्ट कर्णेल ईश्वर बुढाथोकीले ३९ अंकका साथ अतिथि विजेताको रुपमा उपाधि जिते । बेष्ट स्पोर्टस्मानको उपाधि तेजबहादुर राईले जिते ।
विजेताहरूलाई जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रमुख बिक्री अधिकृत प्रविर कुमार नाग, पूर्व प्रधान सेनापति प्रज्वल एसजेबी राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्द्रबहादुर श्रेष्ठ, क्याप्टेन राजेन्द्रमान शेरचन, पूर्व अध्यक्ष मधुकर याक्थुम्बा र नेपाल गल्फ एसोसिएसनका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको विजेतालाई वार्सटाइनर ट्रफी प्रदान गरिएको थियो भने अन्य विभिन्न १२ विधाका विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।
नेपालमा गल्फको प्रवद्र्धनका लागि २०१६ मा विश्वप्रसिद्ध जर्मन बियर नेपालमा ल्याइएपछि वार्सटाईनर प्रिमियम जर्मन बियर प्रतिष्ठित रोयल नेपाल गल्फ क्लबसँग आबद्ध छ ।