१० साउन २०८३, आइतबार

क्रिकेट खेल चलिरहँदा अम्पायरको टाउकोमा बल लागेपछि... (भिडियो)

मंसिर १३, २०७८
क्रिकेट खेल चलिरहँदा अम्पायरको टाउकोमा बल लागेपछि... (भिडियो)

यूएईको अबुधाबी टी१० लीगको एक खेलमा पाकिस्तानी अम्पायर अलीम दारलाई बलले टाउकोमा लागेको छ । 

चेन्नई ब्रेभ्स र नर्दन वारियर्सबीचको खेलमा फील्डरले हानेको थ्रो उनको टाउकोको पछिल्लो भागमा बज्रिएको छ । 

दार बलबाट बच्नका लागि भागेका थिए तर त्यो टाउकोमा लागिछाड्यो । बल लागेपछि उनी पीडामा चिच्याए । 

त्यसपछि मैदानमा फिजियो बोलाइयो र दारको स्वास्थ्य जाँच गरियो । फील्डिङ गरिरहेका खेलाडीले पनि दारको टाउकोमा मालिश गरे । 

दारलाई धेरै ठूलो चोट लागेको छैन । 

तर उनले जोगिने कोशिश गर्दागर्दै पनि टाउकोमा चोट लागेको भिडियो भाइरल बनिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्