
चीन कुनै पनि हालतमा भुटानसँगको सीमाविवाद अन्त्य गर्ने पक्षमा देखिएको छ । दुई देशबीच यसका लागि एएटा सहमति समेत बनेको छ ।
यसमार्फत चीनले भारतसँग मात्र सीमाविवाद कायम रहेको र भारतीय नेताहरूको हठका कारण सम्झौता गर्न नसकिएको भाक्ष्य स्थापित गर्न खोजेको छ ।
चीनले तिब्बतसँग जोडिएको ठूलो भूभाग भुटानलाई दिन खोजेको छ र त्यसको साटो रणनीतिक रूपमा महत्त्वपूर्ण दोक्लम राख्न खोजेको छ ।
दोक्लमलाई भुटानले सुम्पिएमा भारतको सिलिगुडी कोरिडोर खतरामा पर्छ ।
चीनले सिलिगुडी कोरिडोर नजिक भुटानी क्षेत्रमा सडक र सैन्य प्रतिष्ठानको जाल बुनेको छ । यो क्षेत्र दोक्लम नजिक छ । सन् २०१७ मा भारत र चीनबीच महिनौंसम्म सैन्य तनाव भएको थियो ।
गलवानमा हिंसा र लद्दाखमा सीमाका अन्य स्थानमा तनावपछि भारत सतर्क छ । त्यसैले गर्दा भारतीय सेनाले लद्दाखदेखि अरुणाचल प्रदेशसम्म चीन सीमामा आधारभूत संरचना बनाएको छ ।
ती क्षेत्रहरूमा भारतीय सेनाले माउन्टेन कोर, हलुका तोप, सशस्त्र गाडी र चिसोमा सुरक्षित राख्ने टेन्टहरू तैनाथ गरेको छ ।