१९ असार २०८३, शुक्रबार

भारत र न्युजील्यान्डबीचको पहिलो टेस्ट बराबरी

मंसिर १३, २०७८
भारत र न्युजील्यान्डबीचको पहिलो टेस्ट बराबरी

भारत र न्युजील्यान्डबीच कानपुरमा भएको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ । 

टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा श्रेयस अय्यरको शतकको योगदानमा ३४५ रन बनाएको थियो । 

जवाफमा न्युजील्यान्ड २९६ रनमा सीमित रह्यो । उसका लागि टम लाथमले ९५ र विल योङले ८९ रन बनाए । 

दोस्रो इनिङमा भारतले सात विकेटमा २३४ रन बनाएपछि इनिङ डिक्लेयर गरेको थियो । अय्यरले नै सर्वाधिक ६५ रन बनाएका थिए । 

जीतका लागि २८४ रनको कठिन लक्ष्य पछ्याएको न्युजील्यान्डले नौ विकेट गुमाएर १६५ रन बनायो । अन्तिम सेसनमा प्रकाशले साथ नदिएपछि भारतले न्युजील्यान्डलाई अलआउट गर्न सकेन । 

भारतीय स्पिनरहरू रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले एकपछि अर्को विकेट झार्दै भारतलाई जीतको नजिक लगे पनि जिताउन भने सकेनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्