×

NMB BANK
NIC ASIA

कांग्रेसको प्रदेश अधिवेशन : संस्थापनमा उम्मेदवारको खडेरी, इतरलाई व्यवस्थापन गर्न मुस्किल !

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस पहिलोपटक संघीय संरचनामा जाँदैछ । १४औं राष्ट्रिय महाधिवेशनबाट कांग्रेस प्रादेशिक संरचनामा जान लागेको छ ।

Muktinath Bank

पहिलोपटक हुन लागेको नेपाली कांग्रेस १ नम्बर प्रदेश कार्यसमितिको निर्वाचनमा केही नेताहरूको दौडधूप चलिरहेको छ । पहिलोपटक प्रदेश कार्यसमितिको सभापति बन्न धेरै नेताहरू आकांक्षी देखिए पनि संस्थापन पक्षका नेता भने ‘हेर र पर्ख’ रणनीतिमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ नम्बर प्रदेशमा संस्थापनइतर पक्षको राम्रो प्रभाव देखिएको छ । संस्थापनइतर पक्षबाट उम्मेदवारको धमाधम घोषणा भए पनि संस्थापन पक्षलाई उम्मेदवार पाउन नै हम्मेहम्मे परेको छ । केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइराला पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुनसरीका सभापति तथा नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

संस्थापन पक्षमा केही नेताको नाम चर्चामा आए पनि उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल, पाँचथरका भीष्मराज आङ्दम्बे, ओखलढुंगाका रामहरि खतिवडाको नाम चर्चामा छ । तीनै जना नेताहरूले अहिले नै  निर्णयमा पुगी नसकेको बताएका छन् । 

Vianet communication
Laxmi Bank

केन्द्रीय सदस्य अर्यालले प्रदेशमा उठ्ने कि केन्द्रमा उठ्ने भन्नेबारे निर्णय भई नसकेको बताए । सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खतिवडालाई सभापतिको उम्मेदवार बन्न निर्देशन दिइसकेकाले खतिवडा नै प्रदेशको उम्मेदवार हुनसक्ने देउवानिकट एक नेताले बताए ।

खतिवडाले पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश सभापतिमा उठ्न भने पनि निर्णयमा पुगी नसकेको बताए ।

१ नम्बर प्रदेशमा कमजोर महसूस गरेको देउवा पक्षले कृष्णप्रसाद सिटौलाको साथ खोजेका छ । ‘अहिलेसम्म भएका मतपरिणामहरू हेर्दा हामी कमजोर देखिएका छौं,’ संस्थापन पक्षका एक नेताले भने, ‘प्रभाव पार्ने खालका उम्मेदवार पनि खोजी गरिरहेका छौं ।’

नेता कृष्णप्रसाद सिटौला पक्षका तारामान गुरुङलाई सभापति बनाउन समेत संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

कोइराला पक्षका २ नेताले पनि सभापतिको समर्थन पाउनका लागि  विभिन्न कसरत गरिरहेका छन् । डा. शेखर कोइराला कसलाई सभापतिको उम्मेदवार बनाउने भन्नेमा अन्योलमा छन् । अन्त्यमा राजीवलाई प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएर मनाउने र गुरुलाई उम्मेदवार बनाउने कसरत समेत शुरू भएको एक नेताले बताए । 

अधिवेशनको उद्घाटनसत्र विराटनगरको शंकरपुरस्थित खाली मैदानमा र बन्दसत्र जहदा रोडस्थित सिद्धी पार्टी प्यालेसमा हुने जनाइएको छ । उद्घाटन सत्रमा १ हजार ७०० प्रतिनिधिसहित २ हजार बढीको सहभागिता रहने कांग्रेसले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x