२६ जेठ २०८३, मंगलबार
कांग्रेस अधिवेशन विवाद

हिजो गोली चलेको सर्लाहीमा आज पनि झडप, मतदान अधिकृत र ७ प्रहरी घाइते

मंसिर १३, २०७८
हिजो गोली चलेको सर्लाहीमा आज पनि झडप, मतदान अधिकृत र ७ प्रहरी घाइते
सांकेतिक तस्वीर।

आइतवार गोली चलेपछि स्थगित गरिएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा आज पनि झडप भएको छ । 

बलारा नगरपालिका–८ को वडा अधिवेशनमा क्रममा विवाद हुँदा झडप भएको हो । झडपमा मतदान अधिकृत उमेशचन्द्र झा र अन्य ७ जना प्रहरी घाइते भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार भीड नियन्त्रण गर्न अश्रुग्यास पनि प्रहार गरिएको थियो । 

अहिले भने अवस्थामा सामान्य रहेको डीएसपी बुढाथोकीले बताए । वडा अधिवेशनका क्रममा आइतवार प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई धकेलाधकेल गर्न थालेपछि उनका अंगरक्षक (पीएसओ)ले हवाई फायर गरेका थिए ।

 


salt training

कमेन्ट गर्नुहोस्