२२ जेठ २०८३, शुक्रबार

बढुवा भएका ७ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

मंसिर १३, २०७८
बढुवा भएका ७ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका सात जनालाई पदस्थापन गराइएको छ । 

एसपी विकासराज खनाललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, अनुरागकुमार द्विवेदीलाई प्रहरी प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखा काठमाडौं, राजेन्द्रसिंह खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, योगबहादुर पाललाई प्रदेश २ प्रहरी कार्यालय जनकपुर धनुषा शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको हो । 

यस्तै टीकाबहादुर केसीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, ध्रुवराज राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाडौं र भोलाबहादुर रावललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्