१९ असार २०८३, शुक्रबार

मोरङ कांग्रेसमा सभापतिका लागि फेरि मतदान हुने

मंसिर १३, २०७८
मोरङ कांग्रेसमा सभापतिका लागि फेरि मतदान हुने

मोरङमा काँग्रेस सभापतिका लागि पुन मतदान हुने भएको छ ।

हिजो भएको मतदानमा उमेदवारहरूले कांग्रेसको विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन मतदान हुन लागेको हो ।

१४ औँ महाधिवेशन अन्तरगत मोरङमा नेतृत्व चयनका लागि सोमवार मतदान भएको थियो ।

३५५२ मतदाता रहेकोमा ३४१४ मत खसेको थियो । सभापति पदका लागि ३३६० मत खसेको थियो ।

जसमा संस्थापन समूहका दिलीप गच्छदारले ११६६ मत प्राप्त गरेका थिए भने संस्थापन इतर समूहका डिग बहादुर लिम्बुले १५४४ मत प्राप्त गरेका थिए ।

नेता कृष्ण प्रसाद सिटौला समूहका यदु विष्टले ५६३ मत प्राप्त गरेका थिए । कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।

तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।

'उहाँहरू आफै सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन उनले भने नत्र फेरी अरू निर्वाचनलाई असर नगर्ने गरी निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ, उनले भने ।

अन्य पदको मतगणना केही बेर पछि गर्न थाल्ने उनले जनाएका छन् ।

मोरङलाई कांग्रेसको संस्थापन इतर समूहको उर्वर मानिन्छ । विश्वेश्वर, गिरिजा देखि शेखर कोइरालाले राजनीति गरेकाले संस्थापन इतरलाई सहज भए पनि तेस्रो धारका सिटौला समूहका विष्टले मत काटेपछि लिम्बुलाई धक्का पुगेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्