०८ असार २०८३, सोमबार

यी ३ स्थानीय तह अझै बैंकबिहीन

मंसिर १४, २०७८
यी ३ स्थानीय तह अझै बैंकबिहीन

कुल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा  वाणिज्य  बैङ्कको  उपस्थिति  पुगेको  छ।  तीनवटा  गाउँपालिकामा बैङ्कको शाखा अझै पुग्न सकेको छैन। शाखा नपुगेका स्थानीय तहमा बागमती  प्रदेशमा  धादिङको  रुबीभ्याली,  कर्णाली  प्रदेशमा  जाजरकोटको जुनीचाँदे  र  सुदूरपश्चिम  प्रदेशमा  बझाङको  साइपाल  गाउँपालिका रहेका छन्।

यी  गाउँपालिकामा  पनि  बैङ्क  शाखा  पुग्ने  क्रममा रहेको  राष्ट्र  बैङ्कले  जनाएको  छ।  सरकारको प्रत्येक  स्थानीय  तहमा  कम्तीमा  एउटा  वाणिज्य बैङ्कको शाखा पु¥याउने लक्ष्यअनुरूप कुल ७५३  स्थानीय  तहमध्ये  २०७८  असार मसान्तमा ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगेको हो। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्