२५ जेठ २०८३, सोमबार

एमाले चुनावमा अब ८४ मत मात्रै खस्न बाँकी

मंसिर १४, २०७८
एमाले चुनावमा अब ८४ मत मात्रै खस्न बाँकी

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको मतदानमा अब ८४ मत मात्रै खस्न बाँकी रहेको छ ।

एमाले नेता राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहान १०ः३५ बजेसम्म २ हजार ६९ मत खसिसकेको छ ।

कूल २ हजार १५३ मतदाता रहेकोमा अब ८४ मत मात्रै खस्न बाँकी रहेको भट्टराईले जनाएका छन् ।

मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो । विद्युतीय मशिनबाट भइरहेको मतदान सकिएलगत्तै मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्