०६ साउन २०८३, बुधबार
एमाले महाधिवेशन

एमाले चुनावमा मतदान सकियो, खसेनन् सबै मत

मंसिर १४, २०७८
एमाले चुनावमा मतदान सकियो, खसेनन् सबै मत

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको निर्वाचनमा मतदान कार्य सकिएको छ ।

कूल २ हजार १५३ मतदाता रहेकोमा सबै मत भने खसेनन् । निर्वाचन आयोगले मतदान सकिए पनि खसेको मतको औपचारिक विवरण संकलन भइरहेको जनाएको छ ।

केहीबेरअघि एमाले नेता राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहान १०ः३५ बजेसम्म २ हजार ६९ मत खसिसकेको थियो ।

मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो । अब केहीबेरमा मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्