२० असार २०८३, शनिबार

बेलायतको गुलामीबाट ४०० वर्षपछि मुक्त भयो बार्बेडोस

मंसिर १४, २०७८
बेलायतको गुलामीबाट ४०० वर्षपछि मुक्त भयो बार्बेडोस

क्यारिबियाली देश बार्बेडोस लगभग ४०० वर्षसम्म बेलायतको उपनिवेश रहेकोमा मंगलवारबाट स्वतन्त्र भएको छ । 

आफूलाई गणतन्त्र घोषित गरेर बार्बेडोसले बेलायती राजतन्त्रलाई सर्वोच्च निकाय नबनाउने भएको हो । बेलायतसँगको औपनिवेशिक सम्बन्ध बार्बेडोसले अन्त्य गरेको छ । 

उपनिवेशबाट स्वतन्त्रता पाएपछि बार्बेडोसका मानिसहरू आधा रातमा राजधानीस्थित चेम्बरलिन पुलमा आएर खुशियाली मनाए । 

गणराज्य बनेपछि २१ तोपको सलामी दिइयो र हिरोज स्क्वेयरमा देशको राष्ट्रगान बजाइयो । समारोहमा पुगेका बेलायतका राजकुमार चार्ल्स गम्भीरतापूर्वक उभिरहे । 

बार्बेडोसबाट प्रेरित भएर अन्य मुलुकहरूले पनि बेलायती राजतन्त्रलाई हटाउन सक्ने बताइएको छ । 

सान्द्रा मसोन बार्बेडोसकी पहिलो राष्ट्रपति बनाएकी छन् । मसोनलाई गत साता दुवै सदनको संयुक्त बैठकले राष्ट्रपति छानेको थियो । 

राष्ट्रपति मसोनले औपनिवेशिक भूतकाललाई त्यागेर अघि बढ्ने बेला आएको बताए । बार्बेडोसवासीहरू आफ्नै देशको मानिस प्रमुख हुनुपर्छ भनिरहेका थिए, उनले बताइन् । 

बेलायतका राजकुमार चार्ल्सले संविधान संशोधन गरे पनि बेलायत र बार्बेडोसबीचको सम्बन्ध न्यानो नै रहने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्