२८ जेठ २०८३, बिहीबार

बिरामी भएकाले बारले गरेन राणाविरुद्ध नाराबाजी, अस्पतालबाटै राजीनामा गरी आराम गर्न आग्रह

मंसिर १४, २०७८
बिरामी भएकाले बारले गरेन राणाविरुद्ध नाराबाजी, अस्पतालबाटै राजीनामा गरी आराम गर्न आग्रह

नेपाल बार एसोसिएसनले अस्पतालबाटै राजीनामा दिएर आराम गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आग्रह गरेको छ ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएर एपीएफ अस्पतालमा उपचाररत रहेको सन्दर्भ उल्लेख गर्दै बार महासचिव लीलामणि पौडेलले त्यहीँबाट राजीनामा गर्न सुझाएका हुन् ।

‘अहिले उहाँको नैतिक स्वास्थ्य पनि खराब छ । अस्पताल परिसरबाटै राजीनामा दिएर आराम गर्न आग्रह गर्छु,’ पौडेलले भने ।

प्रधानन्यायाधीश अस्वस्थ रहेकाले आज उनीविरुद्ध नाराबाजी भने नगरेको उनले उल्लेख गरे ।

सर्वोच्च अदालतमा भोलिदेखि गोलाप्रथाबाट पेशी तोक्ने परम्पराको शुरूआत हुन लागेकोमा बारले त्यसको स्वागत गरेको छ ।

गोलाप्रथामा प्रधानन्यायाधीशलाई सहभागी हुन नदिन उनले अपिल गरे ।

‘बलमिच्याइँ गरेर गोला ताने पनि उहाँको इजलास बहिस्कार गर्छाैं,’ पौडेलले भने ।

साथै उच्च र जिल्ला अदालतमा पनि छिट्टै गोलाप्रथा लागू गर्न महासचिव पौडेलले आग्रह गरे ।

उच्च र जिल्ला अदालतमा मंसिर १ बाटै गोलाप्रथा लागू गर्ने भनिएकोमा आजसम्म लागू नभएको विरोधमा बारले अब ती अदालतमा पनि दैनिक एक घण्टा धर्ना दिएर मात्र काममा फर्किने निर्णय गरेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्