०२ असार २०८३, मंगलबार

एमाले महाधिवेशन: नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने

मंसिर १४, २०७८
एमाले महाधिवेशन: नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने
फाइल तस्वीर।

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको छ । 

निर्विरोध निर्वाचित महासचिव शंकर पोखरेलले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहा हुने बताएका हुन् । बैठक छोटो हुने उनको भनाइ छ । 

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । 

अध्यक्ष, उपाध्यक्ष, सचिव र खुला सदस्यमा भएको निर्वाचनको मतगणना केही बेरअघि शुरू भएको हो ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । २०९६ जनाले मतदान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्