×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

एमालेमा पद्मा अर्यालको फड्को !

मंसिर १४, २०७८

NTC
Premier Steels

तमाम् आकांक्षीलाई पछि पार्दै पद्मा अर्याल नेकपा एमालेको सचिव बनिन् । नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित अर्यालले दशौं महाधिवेशनबाट सचिवमा फड्को मारेकी हुन् । एमालेको १९ जना पदाधिकारीमा २ जना मात्र महिला छन् । तर भूमिकाको हिसाबले उनी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा सक्रिय हुनेछिन् । 

Muktinath Bank

नेकपा एमालेको पदाधिकारीका लागि कम्तिमा पनि आधा दर्जन महिला आकांक्षी थिए । ज्येष्ठताको हिसाबले राधा ज्ञवाली, सीता पौडेल र गोमा देवकोटा पद्माभन्दा ‘सिनियर’ हुन् । झण्डै १०० दिन गण्डकी प्रदेशको प्रदेश प्रमुख बनेकी सीता पौडेल विद्या भण्डारी अनेमसंघको अध्यक्ष हुँदा उपाध्यक्ष थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केपी ओली नेतृत्वको सरकार ढलेर कांग्रेस सभापति देउवाको सरकार बनेपछि फिर्ता बोलाइएकी पौडेल भूमिकाविहीन थिइन् । पूर्वमन्त्री ज्ञवालीले अष्टलक्ष्मीपछि आफू सिनियर भन्दै पदाधिकारीमा दाबी गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

डा. विन्दा पाण्डेले उपमहासचिवमा दाबी गरेकी थिइन् । दाबी उपमहासचिवमा गरेपनि उनी समेत सचिवकी आकांक्षी थिइन् ।

Vianet communication

लामो समय एमाले निकट मजदूरहरूको संस्था जिफन्टमा रहेर काम गरेकी पाण्डे पदाधिकारी बन्नबाट वञ्चित बनिन् । 

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र थममाया थापालगायत सचिवका आकांक्षी थिए ।

केन्द्रीय सदस्यमा मात्र नभई पदाधिकारीमा पनि ३३ प्रतिशत सहभागिता हुनुपर्छ भनेर उनीहरूले बाहिर बोल्दै आएका थिए । पदाधिकारीमा कृपा खोजेर बसेका उनीहरूमध्ये कोही पनि बन्दसत्रमा बोल्न सकेनन् । 

सोमवार बिहान साढे ३ बजे केपी शर्मा ओलीले पदाधिकारीको सूची पढेर सुनाउँदा आकांक्षीहरू जिल खाए । 

‘के मापदण्डको आधारमा पद्मालाई सचिव दिइयो, हामी के कारणले अयोग्य भयौं त्यो खुलाइदिए हुन्थ्यो’ पदाधिकारीमा दाबी गरेकी एक महिला नेतृले भनिन्, ‘पार्टीमा हामीले गरेको योगदानको अवमूल्यन भयो ।’

को हुन् पद्मा ? 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मन्त्री समेत रहेका कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर अर्याल चर्चामा आएकी थिइन् । 

प्रत्यक्ष निर्वाचित भएर आएकी पद्मालाई केपी अ‍ोलीले सरकारमा राम्रो भूमिका दिए ।

स्वास्थ्य राज्यमन्त्रीबाट सरकारमा प्रवेश गराएका ओलीले पछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मा दिए । पछि उनलाई कृषि मन्त्रालयको जिम्मा दिए । 

अर्यालको पालामा सरकारले कालापानी, लिपुलेक क्षेत्रलाई समेटेर नेपालको चुच्चे नक्सा प्रकाशित गर्‍यो । उनले आफ्नै पालामा सगरमाथाको उचाइ नापेर उचाइ बढेको तथ्यांक सार्वजनिक गर्न पाइन् । 

२०२५ सालमा स्याङ्जामा जन्मिएकी अर्यालले २०३९ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय राजनीति शुरू गरेकी हुन् ।

उनले अखिल नेपाल महिला संघमा लामो समय राजनीति गरिन् । पछि उनी स्याङ्जा जिल्लामा पार्टीको जिल्ला अध्यक्ष भइन् ।

प्रत्यक्ष निर्वाचनबाट जिल्लामा पार्टी अध्यक्ष बन्ने नेकपा एमालेभित्र र सम्भवतः अन्य राजनीतिक दलमा पनि उनी पहिलो नेतृ हुन् । 

उनी अध्यक्ष बनेपछि २०७४ सालमा एमालेले स्याङ्जामा दुवै सीट चुनाव जित्यो । त्यसपछि पद्माको राजनीतिक गतिले बेग हान्यो ।

कुनैबेला एमालेभित्र वामदेव गौतमपक्षीय भनेर चिनिने अर्याललाई पछिल्ला चार वर्षमा केपी ओलीले ग्रुम गरे । 

वक्‍तृत्व क्षमता र कुनैपनि विषयमा अडान राख्न सक्ने अर्यालको खुबी भएको उनलाई चिन्नेहरू बताउँछन् ।

एमालेको दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित (घोषणा हुन बाँकी) भएपछि यसलाई उनको राजनीतिक फड्कोको रूपमा एमालेभित्र चित्रण गरिएको छ । 

उमेर हदका कारण आगामी महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार बन्न नपाउँदा एमालेमा महिलाको नेतृत्वमा अर्यालको इन्ट्रीको रूपमा विश्लेषण गर्न थालिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x