२१ जेठ २०८३, बिहीबार
एमाले महाधिवेशन

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

मंसिर १४, २०७८
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलवार चितवनको सौराहामा भएको निर्वाचनमा ओलीले फराकिलो जीत हात पारेका हुन् ।

यससँगै ओलीले दोस्रो कार्यकाल पनि अध्यक्षका रूपमा एमालेको नेतृत्व गर्ने पक्का भएको छ ।

उनले अध्यक्षका प्रत्यासी भीम रावललाई निकै फराकिलो अन्तरले पराजित गरेका छन् । 

ओलीले १८४० र रावलले २ सय २४ मत प्राप्त गरेको एमाले नेता महेश बस्नेतले जनाएका छन् ।

२०७१ सालमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपालभन्दा ४४ भोट बढी ल्याएर अध्यक्ष निर्वाचित भएका थिए ।

ओलीले एक हजार ४७ भोट पाउँदा माधव नेपालले एक हजार ३ भोट पाएका थिए ।

आठौं महाधिवेशनमा भने झलनाथ खनालसँग ओली ११७ मतले पराजित भएका थिए ।

२०६५ फागुनमा बुटवलमा भएको महाधिवेशनमा खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्