०३ साउन २०८३, आइतबार

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

मंसिर १४, २०७८
लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

मौद्रिक नीतिको समीक्षापश्चात लगातार तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ ।

गत शुक्रवार भएको मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजारसम्बन्धित कुनै पनि माग सम्बोधन नभएपछि लगानीकर्ता निराश बनेका छन् । 

जसका कारण आइतवार, सोमवार गिरावट आएको शेयर बजारमा मंगलवार पनि गिरावट नै भएको छ । 

मंगलवार शेयर बजार मापक नेप्से परिसूचक २.२७ अंकले घट्दै २६२७.७४ विन्दुमा झरेको छ । 

यस दिन सेन्सेटिभ परिसूचक ०.४० अंकले बढेर ४९५.८५ विन्दुमा पुगेको छ ।

कुल २ सय २५ कम्पनीको ६३ लाख ९४ हजार ८ सय १ कित्ता शेयर ३ अर्ब ५ करोड ६ लाख ६४ हजार २ सय १६ रुपैयाँमा किनबेच भएको छ । 

यस दिन सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ४.७७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको सबैभन्दा धेरै १३ करोड ९७ लाख ११ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्