२२ जेठ २०८३, शुक्रबार

मतपरिणाम अपडेट : उपाध्यक्षमा कसको कति ?

मंसिर १४, २०७८
मतपरिणाम अपडेट : उपाध्यक्षमा कसको कति ?

नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । 

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापाले १७६८ र घनश्याम भुसालले ७२५ मत पाएका छन् । 

मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए  । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन्  ।

दशौं महाधिवेशनबाट १ हजार ८ सय ३७ मत प्राप्त गरी केपी ओली अध्यक्षमा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

मंसिर १० गते शुरू भएको एमालेको दशौं महाधिवेशन मंगलवार समापन हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्