
एमाले दशौं महाधिवेशनमा भएको निर्वाचनको नतिजा घोषणा गर्ने क्रममा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नतिजा सच्चाएका छन्
खुलातर्फको केन्द्रीय सदस्यको नतिजा घोषणा गर्नेक्रममा सुब्बाले शुरुमा सचिवमा पराजित टंक कार्की निर्वाचित भएको बताएका थिए ।
नतिजा पढ्ने क्रममा सुब्बाले सूर्य ढकाल विजयी भएको र टंक कार्की पराजित भएको जानकारी गराए । सुब्बाले नतिजा पढ्ने क्रममा शुरुमा ९०५ मत सहित कार्की विजयी भएको बताएका थिए ।
अध्यक्षमा पराजित भीम रावल ९०४ मतसहित केन्द्रीय सदस्यमा विजयी भएका छन भने उपाध्यक्षमा पराजित घनश्याम भुसालले केन्द्रीय सदस्यमा १२६५ मतसहित विजयी भएका हुन् ।
सचिवमा पराजित भीम आचार्यले पनि १३९३ ल्याएर विजयी भएका छन् ।