१० साउन २०८३, आइतबार

जमरापारीमा हिमालयन बैंकले सञ्चालनमा ल्यायो नयाँ शाखा

मंसिर १४, २०७८
जमरापारीमा हिमालयन बैंकले सञ्चालनमा ल्यायो नयाँ शाखा

हिमालयन बैंक लिमिटेडले कैलालीस्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा मंगलवारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले उक्त शाखाहरूबाट सम्पुर्ण ग्राहक महानुभावहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरू उपलब्ध गराउनेछ । 

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार शुरू गरेको छ । 

बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदुर पश्चिम प्रदेशको सातौं शाखा हो ।

टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरू सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देव अग्रवालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्