१२ असार २०८३, शुक्रबार

संशोधन विधेयक पास गर्नु आवश्यक : नेता पौडेल

कात्तिक २०, २०७४
संशोधन विधेयक पास गर्नु आवश्यक : नेता पौडेल


दमौली, १६ पुस - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चाको हितमा हुने गरी ल्याइएको संविधान संशोधन विधेयकलाई पास गर्न आवश्यक रहेको बताएका छन् ।Ram-Chandra

आज ४१ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस व्यास नगरले दमौलीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले मधेसी जनताको मागलाई सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउँदैमा त्यो राष्ट्रघात नहुने स्पष्ट पारे ।

संविधान संशोधन विधेयकलाई नेकपा (एमाले)सहित मिलेर पास गराउनसके मात्रै मुलुकले निकास पाउने नेता पौडेलको भनाइ थियो । मुलुक सङ््कटमा परेका बेला विपीको मेलमिलापको नीति निकै आवश्यक रहेको उनले बताए ।

नेपाली काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले संविधान संशोधन प्रक्रियालाई टुङ्गो लगाएर मुलुकलाई निकास दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेलगायतले विपीको मेलमिलाप नीतिलाई सबैले आत्मसात गर्नसके मुलुक माथि उठ्ने बताएका थिए ।

यसैबीच, नेता पौडेलले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ तनहुँको प्रथम जिल्ला अधिवेशनको आजै दमौलीमा उद्घाटन गरे ।

salt training

कमेन्ट गर्नुहोस्