०३ असार २०८३, बुधबार

सुतिरहेको अवस्थामा एसिड प्रहार हुँदा बृद्धाको मृत्यु

कात्तिक २०, २०७४
सुतिरहेको अवस्थामा एसिड प्रहार हुँदा बृद्धाको मृत्यु

महोत्तरी, १२ असार– मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ ।

गौशाला नगरपालिका–१ का गोनर महतोकी ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा वृद्धा महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

वृद्धा महतो मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्