
पछिल्लो २४ घन्टामा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७२७ नमूना परीक्षणमध्ये २८५ पीसीआर र ३१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५२९ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २५९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ ।
हाल मुलुकभर ६ हजार ९५४ सक्रिय संक्रमित छन् ।