
नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा रामचन्द्र पौडेल पक्षले जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाएको छ । बुधबार काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा बसेको पक्षको बैठकले नुवाकोटका केसीलाई सभापतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।
यस्तै बैठकले महामन्त्रीमा पूर्व उद्योग राज्यमन्त्री कञ्चन बादी र नेता रामचन्द्र माइकललाई उठाउने निर्णय पनि गरेको काँग्रेस नेता अर्जुन नरसिंह केसीले बताए । बागमती प्रदेश सभापतिमा देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र तेस्रो धारको तर्फबाट भीमसेनदास प्रधानपनि सभापतिको दौडमा रहेका छन् । बागमती प्रदेश अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।