२२ जेठ २०८३, शुक्रबार

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

मंसिर १५, २०७८
कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने पार्टीको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए ।

उनका अनुसार मङ्सिर १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हँुदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको छ ।

मङ्सिर १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय गरिएको छ । उक्त प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् । अधिवेशनमा तीन हजारभन्दा बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्