०२ असार २०८३, मंगलबार

सुदूरपश्चिम : थप ५ जनामा सङ्क्रमण

मंसिर १५, २०७८
सुदूरपश्चिम : थप ५ जनामा सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा आज थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५९० जनाको नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    आरटी पीसीआरमार्फत तीन र एन्टीजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टीजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर एक जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण  एक जनाको पनि  मृत्यु भएको छैन ।  

    यसअघि मङ्गलबार यस प्रदेशमा १२ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्