०५ साउन २०८३, मंगलबार

‘८ % नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत, आजैबाट कारोबार थाल्ने

मंसिर १६, २०७८
‘८ % नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत, आजैबाट कारोबार थाल्ने

नबिल बैंकको ‘८% नबिल डिबेन्चर २०८५’को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
बुधवार नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले हस्ताक्षर गरे । 

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि  २०७८/०४/१० मा आव्हान गरी २०७८/०४/३१ मा बाँडफाँड गरेको थियो ।
सूचीकृत “८% नबिल डिबेन्चर २०८५” को दोश्रो बजारको कारोबार आज (बिहीवार)देखि नेप्सेमा शुरु हुनेछ ।

७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५/०४/३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड संग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्