०३ असार २०८३, बुधबार

प्रदेश १ : कांग्रेस सभापतिमा ३ जनाको भिडन्त, कसले मार्लान् बाजी ?

मंसिर १६, २०७८
प्रदेश १ : कांग्रेस सभापतिमा ३ जनाको भिडन्त, कसले मार्लान् बाजी ?

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । 

संस्थापन पक्षका तर्फबाट नेता कृष्ण प्रसाद सिटौला समूहका झापाका नेता उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।  थापा कांग्रेस झापाको दुई कार्यकाल सभापति बनेका थिए । 

बुधवार भएको मोरङको अधिवेशनमा पनि सिटौला पक्षले संस्थापन पक्षलाई सघाएको थियो । डा. शेखर कोइरालाप्रति लक्षित गरेर उनीहरुले मोर्चाबन्दी गरे पनि सफल हुन भने सकेका थिएनन्  । 

सिटौला समूहबाटै अध्यक्ष पदमा संखुवासभाका तारामान गुरुङको पनि चर्चा रहेको छ भने देउवा पक्षबाट अमृत अर्याल प्रदेश सभापतिको दौडमा रहेका छन् । 

संस्थापन इतर पक्षबाट गुरूराज घिमिरे र राजीव कोइरालाले प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । 

प्रदेश अधिवेशन आजबाट हुँदैछ ।

प्रचार समितिका संयोजक राजीव कोइरालाले अनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीवार २ बजे अधिवेशनको उद्घाटन हुने छ । 

यस्तै मनोनयन दर्ता बिहीवार मोरङ पार्टी कार्यालयमा गरिने छ । 

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि मतदान गरिने उनले बताएका छन् । 

चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरूले मत खसाल्ने छन् । 

उद्घाटन सत्रमा २ हजार कार्यकर्ता उतार्ने कांग्रेसले जनाएको छ ।  प्रदेश अधिवेशनमा १ करोड भन्दा बढी खर्च लाग्ने अनुमान कांग्रेसले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्