२१ जेठ २०८३, बिहीबार

ब्ल्याक प्लस डेक्करको 'यो जाडोमा तपाईंको सच्चा साथी'  क्याम्पेन सार्वजनिक

मंसिर १६, २०७८
ब्ल्याक प्लस डेक्करको 'यो जाडोमा तपाईंको सच्चा साथी'  क्याम्पेन सार्वजनिक

विश्वविख्यात अमेरिकन ब्रान्ड ब्ल्याक प्लस डेक्करले जाडोलाई लक्षित गरेर "यो जाडोमा तपाईंको सच्चा साथी"  क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ।

जाडो महिनामा घरायसी कार्य सहज बनाउने उपायलाई मध्यनजरमा राखेर ब्ल्याक प्लस डेक्करले जाडोलाई विशेष लक्षित गरी यस क्याम्पेन अन्तर्गत ओ.एफ.आर हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ.टि.जि ओभन, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ । ।

अन्तरराष्ट्रिय ब्रान्ड ब्ल्याक प्लस डेक्करका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनीको दावी छ ।

ब्ल्याक प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्