३१ असार २०८३, बुधबार

देशभर बदली, यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

मंसिर १६, २०७८
देशभर बदली, यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

बिहीबार बिहानैदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बाँकी भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ।
महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने पूर्वानुमान गरेको छ ।  सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि महाशाखाले औंल्याएको छ भने सो प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना समेत रहेको छ।

 यसैगरी राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।

हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली  र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्