भदौ २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज (बिहीवार) नै पारित गर्ने तयारी भएको छ । बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट...
काठमाडाैं | मंसिर १६, २०७८
सत्तारुढ गठबन्धनले सर्वोच्च अदालतमा कार्यबहाक प्रधानन्यायाधीश तोकेर बिदामा बस्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको सत्ता गठबन्धनको बैठकले सर्वोच्चमा कार्यबाहक तोकेर बिदामा बस्न बिरामी प्रधानन्यायाधीशलाई आग्रह गर्ने निर्णय गरेको हो ।
‘प्रधानन्यायाधीश बिरामी भएकाले कार्यबाहक तोकेर बिदामा बस्न र सर्वोच्च अदालतको कामकारवाही अगाडि बढ्ने वातावरण बनाउन सुझाव दिने निष्कर्ष निकालेका छौं,’ बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले लोकान्तरलाई जानकारी दिइन् ।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उपस्थित थिए ।
सर्वोच्च अदालतमा जारी गतिरोधबारे सत्ता गठबन्धनले पहिलोपटक मुख खोलेको हो ।
कोभिड संक्रमणका कारण जबरा मंसिर १३ गतेदेखि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका छन् ।
प्रधानन्यायाधीशको अनुपस्थितिमा बुधवार सर्वोच्चका न्यायाधीशहरूले गोलाप्रथाबाट पेशी तोकेपनि सुनुवाइ हुन सकेको थिएन ।
नेपाल बार एसोसिएसनले पनि कार्यबाहक तोक्न सर्वोच्चका न्यायाधीशहरूलाई सुझाव दिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार आन्दोलन र सर्वोच्चका न्यायाधीश भद्र अवज्ञामा उत्रिएपछि सर्वोच्च अदालतमा डेढ महिनादेखि नियमित सुनुवाइ हुन सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज (बिहीवार) नै पारित गर्ने तयारी भएको छ । बिहीवार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट...
क्रिप्टोकरेन्सीलाई अवैधानिक घोषणा गर्न नमिल्ने जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू सागर बराल, दीपेश ढकाल, कोशिश गिरी, सम्पूर्ण बस्नेत र सौगात राज बरालले क्रिप्टोकरेन्सी गैरकानूनी रहेको भन...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्। आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको समेत प्रचण्डले स्वीकार गरेका छ्न्। दिवंगत ...
मोरङको सुन्दरहरैचामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका ११का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ...
दार्चुलाको शैल्यशिखर ६ उल्टानीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्...
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...