३० असार २०८३, मंगलबार

भारतसँगको सीमा नाका ७२ घण्टाका लागि बन्द

कात्तिक २०, २०७४
भारतसँगको सीमा नाका ७२ घण्टाका लागि बन्द

झापा, १२ असार– स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घन्टाका लागि आजदेखि बन्द भएका छन् ।

काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन् । बहत्तर घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताए ।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा नाका बन्द गरिएका हुन् । जिल्लाको पूर्वी र दक्षिण क्षेत्रअन्तर्गत ११८ किमी क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

यसैबीच निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा ओसारपसारमा समेत निषेध गरिएको छ । असार १४ गते मतदानका दिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधन चलाउन नपाइने प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्