२१ जेठ २०८३, बिहीबार
कामु प्रन्याको अन्योल

वरिष्ठतम् न्यायाधीश कार्कीलाई बारको आग्रह– कि नेतृत्व लिनुस्, होइन भने राजीनामा दिनुस् !

मंसिर १६, २०७८
वरिष्ठतम् न्यायाधीश कार्कीलाई बारको आग्रह– कि नेतृत्व लिनुस्, होइन भने राजीनामा दिनुस् !

नेपाल बार एसोसिएसन र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित रहेको ४ दिन भइसकेकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई सुझाव दिएका छन् ।
 
बारका पदाधिकारी र न्यायाधीशहरूबीच बिहीवार भएको छलफलमा दुवै बारले प्रधानन्यायाधीश बिरामी रहेको भन्ने कुरा अस्पतालको विज्ञप्तिले नै पुष्टि गरिसकेको भन्दै सर्वोच्च प्रशासनले उक्त कुरा लेखेर दिनुपर्ने र वरिष्ठतम् न्यायाधीश कार्कीले नेतृत्व लिनुपर्ने सुझाव दिएका हुन् ।

'उहाँ (प्रन्या जबरा) ४ दिनदेखि अनुपस्थित हुनुहुन्छ । उहाँ बिरामी भएको कुरा कुरा सर्वोच्च प्रशासनले लिखित रूपमा दिनुपर्‍यो, अनि संविधानको धारा १२९ (६) बमोजिम वरिष्ठतम् न्यायाधीशले नेतृत्व लिनुपर्‍यो,' न्यायाधीशहरूलाई दिएको सुझाव उल्लेख गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले लोकान्तरसँग भने ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश बिरामी रहेको भन्ने कुरा एपीएफ अस्पतालको विज्ञप्तिबाटै पुष्टि हुने बताए ।

बारले नेतृत्व लिन नसक्ने हो भने राजीनामा दिन वरिष्ठतम् न्यायाधीश कार्कीलाई चुनौती समेत दिएको छ ।

'संविधानमा ग्याप छ भने प्राक्टिस गरेर मिलाउने हो । तपाईंले संविधानअनुसार जिम्मेवारी लिनुस्, जिम्मेवारी लिन सक्नुहुन्न भने राजीनामा दिनुस्,' बार पदाधिकारीले न्यायाधीश कार्कीलाई भने ।

छलफलका क्रममा केही न्यायाधीशले आफूहरूलाई बेञ्च बस्न दिन आग्रह गरेका थिए ।

जवाफमा बार पदाधिकारीले भने- 'बेञ्च बस्ने हो भने बस्नुस्, श्रीमानहरूको अधिकार हो । तर कामु प्रधानन्यायाधीशको टुंगो नलागी हामी बहस गर्दैनौं ।' 

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएको भन्दै एपीएफ अस्पतालमा उपचाररत छन् ।

salt training

कमेन्ट गर्नुहोस्