कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
मंसिर १६, २०७८
नेपाल बार एसोसिएसन र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अनुपस्थित रहेको ४ दिन भइसकेकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई सुझाव दिएका छन् ।
बारका पदाधिकारी र न्यायाधीशहरूबीच बिहीवार भएको छलफलमा दुवै बारले प्रधानन्यायाधीश बिरामी रहेको भन्ने कुरा अस्पतालको विज्ञप्तिले नै पुष्टि गरिसकेको भन्दै सर्वोच्च प्रशासनले उक्त कुरा लेखेर दिनुपर्ने र वरिष्ठतम् न्यायाधीश कार्कीले नेतृत्व लिनुपर्ने सुझाव दिएका हुन् ।
'उहाँ (प्रन्या जबरा) ४ दिनदेखि अनुपस्थित हुनुहुन्छ । उहाँ बिरामी भएको कुरा कुरा सर्वोच्च प्रशासनले लिखित रूपमा दिनुपर्यो, अनि संविधानको धारा १२९ (६) बमोजिम वरिष्ठतम् न्यायाधीशले नेतृत्व लिनुपर्यो,' न्यायाधीशहरूलाई दिएको सुझाव उल्लेख गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले लोकान्तरसँग भने ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश बिरामी रहेको भन्ने कुरा एपीएफ अस्पतालको विज्ञप्तिबाटै पुष्टि हुने बताए ।
बारले नेतृत्व लिन नसक्ने हो भने राजीनामा दिन वरिष्ठतम् न्यायाधीश कार्कीलाई चुनौती समेत दिएको छ ।
'संविधानमा ग्याप छ भने प्राक्टिस गरेर मिलाउने हो । तपाईंले संविधानअनुसार जिम्मेवारी लिनुस्, जिम्मेवारी लिन सक्नुहुन्न भने राजीनामा दिनुस्,' बार पदाधिकारीले न्यायाधीश कार्कीलाई भने ।
छलफलका क्रममा केही न्यायाधीशले आफूहरूलाई बेञ्च बस्न दिन आग्रह गरेका थिए ।
जवाफमा बार पदाधिकारीले भने- 'बेञ्च बस्ने हो भने बस्नुस्, श्रीमानहरूको अधिकार हो । तर कामु प्रधानन्यायाधीशको टुंगो नलागी हामी बहस गर्दैनौं ।'
प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएको भन्दै एपीएफ अस्पतालमा उपचाररत छन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...