०१ असार २०८३, सोमबार

प्रतिकिलो २ करोडमा युरेनियम भनेर अवैध कारोबार गर्ने ३ जना पक्राउ

मंसिर १६, २०७८
प्रतिकिलो २ करोडमा युरेनियम भनेर अवैध कारोबार गर्ने ३ जना पक्राउ

युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार गरिरहेका ३ जनालाई प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुको वसन्तपुरस्थित गेस्ट हाउसबाट पक्राउ गरेको छ ।

अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी सामानसहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–६ घर भई हाल काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रदीप घिमिरे, नुवाकोट घर भई हाल मनमैजु बस्ने ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ् बस्ने ३६ वर्षीय रञ्जित कार्की रहेका छन् ।

युरेनियम जस्तो देखिने टल्किने पदार्थ १ हजार २०० ग्राम प्रतिकिलो २ करोडका दरले किनबेच हुन लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्