२८ जेठ २०८३, बिहीबार

तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व हो : सभापति देउवा

मंसिर १६, २०७८
तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व हो : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बीपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरूको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

उनले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको बिहीवार उद्घाटन गर्दै सो कुरा बताए ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीवारदेखि प्रदेशहरूमा पहिलोपटक प्रदेश अधिवेशन शुरू भएको छ । प्रधानमन्त्री देउवाले भने, ‘मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईंहरूले कांग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।’

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले जननायक बीपी कोइरालाले छाडेर गएको विचार अनि अन्य अग्रज नेताहरूको योगदानलाई स्मरण गरेर अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेको र समृद्धिको पूर्वाधार खडा गरेको उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व भएको बताए । सो अवसरमा उनले प्रथम प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना दिए ।

salt training

कमेन्ट गर्नुहोस्