३० जेठ २०८३, शनिबार

मःम विश्वकै स्वादिष्ट परिकार

मंसिर १७, २०७८
मःम विश्वकै स्वादिष्ट परिकार

 भनाइ नै छ, ‘होटल तथा रेष्टुराँमा राखिएका मेनुमा माथिदेखि तलसम्म आँखा डुलाए पनि धेरैले माग्ने भनेको मःम नै हो।’ साथीहरू भेट हुँदा खाने खाजामा पनि चल्तीको मःम नै पर्छ। छिटो तयार हुने, तयार भएपछि केही समय राखेर खान पनि सकिने र प्रायः होटलमा पाइने भएकाले यो नेपालीका लागि प्रिय खाजा नै हो।
मःम नेपालसहित उत्तर भारत र तिब्बतमा खाजाको सूचीमा प्रचलित मानिन्छ। मःम विश्वमा नै लोकप्रिय डम्प्लिङ्स (मैदामा पोको पारिएको डल्ला) परिकारको सूचीमा परेको छ। सीएनएनले गरेको सर्वेक्षणमा मैदामा पोको पारेर बनाइएका ३२ परिकारको सूचीमा नेपालमा बनाइने मःम पनि छ।

सीएनएनले समय समयमा गर्ने यस्ता सर्वेक्षणमा मःम पनि उत्कृष्ट डम्प्लिङ्समा पर्नु नेपालका लागि खुसीको कुरा भएको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचन बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्