२१ जेठ २०८३, बिहीबार

२४ घण्टामा कोरानाबाट मृत्यु हुनेको संख्या शून्य, थपिए २४६ संक्रमित

मंसिर १७, २०७८
२४ घण्टामा कोरानाबाट मृत्यु हुनेको संख्या शून्य, थपिए २४६ संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको जनाएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ नमूना परीक्षणमध्ये २२३ पीसीआर र २३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

मन्त्रालयका अनुसार थप ३४७ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । 

हाल मुलुकभर ६ हजार ९२१ सक्रिय संक्रमित छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्