×

NMB BANK
NIC ASIA

कांग्रेस लुम्बिनी प्रदेश सभापतिका लागि पुन र शाहको उम्मेदवारी

मंसिर १७, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेतृत्वको लागि रोल्पाका अम्मरसिंह पुन र रूपन्देहीका भरतकुमार शाहको उम्मेदवारी परेको निर्वाचन अधिकृत बुद्धबहादुर थापाले लोकान्तरलाई जानकारी दिए । 

Muktinath Bank

पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार हुन् भने शाह पार्टी सभापति शेरबहादुर देउवा समूह निकट मानिन्छन् । संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू भएको छ । त्यसै गरी उपसभापतिमा राजु खनाल, सुधाकर पाण्डे, भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवारी परेको छ । खनाल र पाण्डे देउवा समूहका हुन् भने श्रेष्ठ र पाठक पौडेल निकट हुन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै महामन्त्रीमा जन्मजय तिमल्सिना, खिमानसिंह रायमाझी, विक्रम खनाल, सुरेशराज आचार्य र ताराप्रसाद फुल्लेल गरी ५ जनाको उम्मेदवारी परेको छ । फुल्लेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । त्यसैगरी सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी, माया पुन, खगराज पाण्डे, विष्णु खनाल ‘मुस्कान’ र नीमा गिरीको उम्मेदवारी परेको थापाले जानकारी दिए । 

Vianet communication

शनिवार बिहान ८ बजेदेखि नयाँ नेतृत्वको लागि मतदान शुरू हुने निर्वाचन कार्यतालिका छ । शाहलाई गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको साथ छ भने पुनलाई कांग्रेस युवा नेता चन्द्र भण्डारी, शेखर कोइराला र गगन थापाको साथ छ । 

लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ । प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभा र महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x