२३ असार २०८३, मंगलबार

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा र जोशीको उम्मेदवारी

मंसिर १७, २०७८
कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा र जोशीको उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रवार पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ । 

कार्यसमितिको उपसभापतिमा २ पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ ।

महामन्त्री २ पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए ।

सहमहामन्त्री १ महिलामा ओमकला गौतम र कोपिला रानाभाटको उम्मेदवारी परेको छ भने सहमहामन्त्री खुल्ला सदस्य दुई पदका लागि छ जनाको उम्मेदवारी परेको छ । अधिवेशनले सभापति, उपसभापति महमन्त्री, सहमहामन्त्रीका साथै सदस्यमा प्रत्यक्ष जिल्लाबाट खुल्ला तथा महिला ११/११, आदिवासी जनजाती खुल्ला ५, मधेशी १, दलित महिला र खुल्ला २/२, थारु १, मुस्लिम १, खस आर्य महिला तथा खुल्ला ४/४, आदिवासी जनजाति महिला ५, दलित खुल्ला २, अपाङ्गता भएका/अल्पसंख्यक १ जनासहितका सदस्य निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्