
काठमाडौं, १२ असार– दार्जीलिङको आन्दोलनमा दमन गरिएको विरोधमा विप्लन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
नेकपा नेताहरु जुलुससहित लैनचउसस्थित भरतीय दुतावास पुगेका थिए । दार्जीलिङमा भएको राज्य दमनको विरोध गरौं भन्ने व्यानरमा पार्टीका नेता धर्मेन्द्र वास्तोलासहितका नेता लैनचउर पुगेका थिए । उनीहरुले दार्जीलिङको आन्दोलनलाई नेपासँग जोडर हेर्न नहुने बताए ।
विरोध र्याली पछि आयोजित कोणसभामा नेता वास्तोलाले गोर्खाल्याण्ड आन्दोलनलाई नेपाल र नेपालीसँग जोडेर दमन गर्न नहुने बताए । उनीहरुले भारतकै अन्य क्षेत्रमा भएका आन्दोलनको सम्बोधन भएपनि गोर्खाल्याण्डको माग सम्बोधन नभएको बताए ।