०८ असार २०८३, सोमबार

चिनियाँ मानवअधिकारकर्मी लिउ सियाओबो थुनामुक्त

कात्तिक २०, २०७४
चिनियाँ मानवअधिकारकर्मी लिउ सियाओबो थुनामुक्त

काठमाडौं, १२ असार — चीनका नागरिक अधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता लिउ सियाओबोलाई कलेजोको क्यान्सर भएको पत्ता लागेपछि थुनामुक्त गरिएको छ ।


लिउलाई अन्तिम अवस्थाको क्यान्सर भएको उनका वकिल मो शाओपिङले बताए । उनी लिउको परिवारको सम्पर्कमा छन् । उनलाई उत्तरपूर्वी शहर शेनयाङको एक अस्पतालमा उपचार गरिएको छ । यो उनलाई थुनामा राखिएको जेलनजिकै पर्छ ।

लिउलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । । उनी त्यतिखेर राज्यविरुद्धको विप्लव भड्काएको आरोपमा ११ वर्षीय कारावास सजाय काटिरहेका थिए ।

उनकी पत्नी लिउ सियालाई त्यतिखेरदेखि घरैमा नजरबन्द गरेर राखिएको थियो । उनी एकान्तवासका कारण डिप्रेसनको शिकार भएको बताइन्छ ।

यत्तिका वर्ष नजरबन्दमा राखिएपनि उनीमाथि कुनै अभियोग लगाइएको छैन ।

लिउलाई लोकतन्त्रको घोषणापत्र चार्टर ०८ लेखेको आरोपमा पक्राउ गरेर मुद्दा चलाइएको छ । उनले चीनमा एक दलीय व्यवस्था अन्त्य गर्न र मानवअधिकारको स्थिति सुधार्न आह्वान गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्