×

NMB BANK
NIC ASIA

उदाहरणीय शिक्षक

उजाड हुनै लागेको स्कूललाई आकर्षक बनाउने यी ‘हेडसर’ : भर्नाका लागि प्रदेश प्रमुखसम्मको फोन

मंसिर १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको विराटनगरस्थित पोखरीया माध्यमिक विद्यालयको प्रधानाध्यापकमा २०६८ सालमा खेमराज भट्टराई नियुक्त भए । उनी प्रधानाध्यापक (हेडसर) भएर आउँदा ४०० विद्यार्थी अध्ययनरत थिए ।

Muktinath Bank

उनी आएको २ वर्षपछि विद्यार्थीको संख्या घटेर ३५० पुग्यो । विद्यार्थी संख्या घट्दै जान थालेपछि उनलाई चिन्ता थपिँदै जान थाल्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यार्थीको संख्या घट्दै जान थालेपछि उनले कारण खोज्न थाले । नियमित पठनपाठन गराइरहँदा पनि विद्यार्थी किन घटिरहेका छन् ? उनले आफैंलाई प्रश्न गरे ।


Advertisment
Nabil box
Kumari

विद्यालय छाडेका विद्यार्थीका अभिभावकलाई भेट्दा ‘अंग्रेजी माध्यम नहुनु’ कारण रहेको पत्ता लाग्यो । अभिभावकको जवाफबारे प्रधानाध्यापक भट्टराईले भने, ‘उहाँहरूले तपाईंहरू कहाँ अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैन, त्यही भएर बोर्डिङ स्कूलतिर छोराछोरी लगेको जवाफ दिनुभयो ।’ अभिभावकको जवाफ सुनेपछि आफूलाई चुनौती थपिएको उनले सम्झिए ।

Vianet communication
Laxmi Bank

विद्यार्थी बढाउन अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गर्नुपर्ने निष्कर्षमा पुगेको उनले सम्झिए । ‘पठनपाठन शुरू गर्नका लागि जिल्ला शिक्षा कार्यालयका कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारीसँग छलफल गरे, अन्य सरोकारवाला व्यक्तिलाई पनि बोलाएर छलफल गर्दा सबैले राम्रो प्रस्ताव हो भन्नुभयो तर अब विद्यार्थी कहाँबाट ल्याउने भनेर सोध्दा मैले शुरूमै तपाईं–हाम्रा छोराछोरीलाई यहीबाट पठनपाठन गराउनुपर्छ भने, उहाँहरू कन्भिन्स हुनुभयो ।’

अंग्रेजी माध्यमबाट पठनपाठन शुरू नगरिए विद्यालय नै रहँदैन भन्ने निष्कर्षमा पुगेपछि अंग्रेजी माध्यम शुरू गरिएको उनले सम्झिए । ‘सरोकारवालाहरूलाई बोलाएर विद्यालयको अवस्था जानकारी गराएँ र अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने जानकारी गराएको थिएँ,’ उनले भने, ‘सबै जनाले हौसला दिँदै ठीक निर्णय गर्नुभयो भन्नुभयो ।’

२०७० सालदेखि अंग्रेजी माध्यममा पढाउन थालिएको उनले बताए । २०७० सालमा ८–१० गरी ३ वटा कक्षामा अंग्रेजी माध्यमका विद्यार्थी भर्ना गरिएको उनले बताए । ९२ जना विद्यार्थीबाट अंग्रेजी माध्यमको पठनपाठन शुरू गरेको उनले बताए । पहिलो वर्ष बोर्डिङ पढेर आएका विद्यार्थीले मात्रै अंग्रेजी माध्यम पढेको उनले बताए । २०७१ सालमा ६ कक्षादेखि पठनपाठन गराउन शुरू गरिएको उनले बताए । अहिले ८–१० कक्षामा अंग्रेजी र नेपाल्ी दुवै माध्यममा पठनपाठन भइरहेको छ । अन्य कक्षामा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको उनले बताए ।

भौतिक संरचना अभाव हुँदा २०७३ सालदेखि विद्यार्थी धान्न समस्या भएको उनले बताए । ‘जम्मा १५ वटा कोठा थिए टिनको छाना भएका,’ उनले भने, ‘गर्मीमा टिन तातेर पढाउन नहुने, जाडोमा चिसो भएर विद्यार्थीलाई समस्या हुने ।’ विभिन्न संघसंस्था तथा अभिभावकको सहयोगबाट विद्यालयको संरचना बनाएको उनले सम्झिए । शिक्षकका आफ्नै छोराछोरी समेत सामुदायिक विद्यालयमा नै पढ्ने भएपछि शिक्षकले खोजी र अध्ययन गरेर पढाउँदा अभिभावक र विद्यार्थीको आकर्षण ह्वात्तै बढेको उनले बताए । 

हाल पोखरीया माविमा २ हजार ९०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मोरङका मात्रै होइन, धनकुटा, तेह्रथुम, सिराहा, सप्तरी, उदयपुर तथा खोटाङदेखि विद्यार्थी पढ्न आउने गरेका छन् । विद्यार्थीको चाप बढेपछि प्रवेश परीक्षा गरेर मात्रै भर्ना लिने गरिएको छ ।

विद्यार्थीको आकर्षण बढी भएर प्रवेश परीक्षामा पास गरिदिन राजनीतिक दबाब समेत आउने गरेको प्रधानाध्यापक भट्टराई बताउँछन् । ‘नेताहरूले फोन गरेर एडमिसन गरिदिनुपर्‍यो भन्नुहुन्छ, कोटा सकियो भन्दा तपाईंलाई जागिर मागेको होइन नि ! एउटा विद्यार्थी पढाइदिनुहोस् भनेको भनेर समेत भन्ने गरेका छन्,’ उनले भने, ‘मेयरदेखि प्रदेश प्रमुखसम्मको फोन आउने गर्छ । ४ कक्षामा १ जना विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्न सकेनन्, उहाँहरूले तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई भन्नुभएको रहेछ, उहाँले मलाई फोन गर्नुभयो तर उहाँले भर्ना गरिदिनू भन्नुभएन, तपाईंको विद्यालयको राम्रो नाम चलेको रहेछ, धन्यवाद मात्रै भन्नुभयो ।’

विराटनगर महानगरपालिकाका मेयर भीमप्रसाद पराजुली, प्रदेश सरकारका मन्त्रीले समेत फोन गर्ने गरेको उनले बताए । पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले भर्नाका लागि फोन गरेको उनले सम्झिए ।

कोरोना महामारीको समयमा समेत वैकल्पिक विधिबाट पठनपाठन गरिएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x