
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान शुरू भएको छ ।
नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान शुरू भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका छन् ।
भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा बुद्धबहादुर थापाले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।
संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।
१६४८ मतदाता मध्ये साढे १ बजेसम्म करिब ४ सय मत खसेको छ ।