
पछिल्लो २४ घन्टामा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार ६ हजार ७ सय ९७ जनामा नमुना परीक्षण गर्दा २ सय ३८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि हुनेहरूको संख्या ८ लाख २२ हजार ३९२ पुगेको छ भने एन्टिजेन परीक्षणबाट ९५ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार ३ सय ९२ जना संक्रमित निको भएका छन् ।
यससँगै हालसम्म मुलुकभर ८ लाख ४ हजार १०८ जना संक्रमित निको भएका छन् ।
शनिवार ५ संक्रमितको मृत्यु भएको छ ।
यससँगै मुलुकभर ११ हजार ५ सय ४० जनाको संक्रमणबाट मृत्यु भएको छ ।