२१ जेठ २०८३, बिहीबार

सत्ता गठबन्धन फुटाउने चलखेल भइरहेको छः महरा

मंसिर १८, २०७८
सत्ता गठबन्धन फुटाउने चलखेल भइरहेको छः महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले वर्तमान सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको दावी गरेका छन् ।

रूपन्देहीको भैरहवामा शनिबार माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर सम्मेलन बोल्दै महराले संविधानलाई मिचेर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर गठबन्धन फुटाउन खोजेको बताए । 

तर, उनले विदेशी चाहिँ खुलाएनन् । महराले अहिले देशलाई नयाँ उर्जा र सन्देश दिने समय आएको उल्लेख गर्दै माओवादी विभाजित भएर होइन एक भएर लाग्नुपर्ने जनाए ।

अहिले पूर्व माओवादीबाट छुट्टिएका दल तथा नेताहरुलाई एकजुट बनाउने प्रयास समेत भइरहेको उनले बताए । ‘हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल चलाइएको छ’ उनले भने ।

महराले अहिले नेपालका राजनीतिक दलहरु दुई ध्रुवमा विभाजित भएको बताए । ‘तपाईंहरुले देख्नुभएको छ, एउटा समूह संविधानले प्रदान गरेका उपलब्धीहरू जोगाउने पक्षमा लागेको र अर्को ध्रुव फेरि राजतन्त्र ल्याउने र संविधानले प्रदान गरेका उपलब्धीहरु उल्टाउने अभियानमा लागेको छ,’ उनले भने ।

उनले माओवादीको ८ लाख पार्टी सदस्य रहेको बताउँदै यसलाई अझै बढाउनुपर्ने जनाए । तराईका समस्याका रुपमा रहेका लालपुर्जा र नागरिकताको विषयलाई आफूले ब्यक्तिगत रुपमा एवम् सिंगो पार्टीका तर्फबाट समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्