२१ जेठ २०८३, बिहीबार

कांग्रेस प्रदेश अधिवेशनः किरियापुत्रीले गरे मतदान

मंसिर १८, २०७८
कांग्रेस प्रदेश अधिवेशनः किरियापुत्रीले गरे मतदान


आमाको काजक्रिर्यामा बसेका किरीयापुत्री नेपाली कांग्रेसको प्रदेशको निर्वाचनको मतदानमा सहभागी भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत प्रदेशको नेतृत्वको लागि आज भएको चुनावमा बेलबारीका रामहरी कोइरालाले मतदान गरेका हुन् । उनकी आमा ८१ वर्षीया भत्तिमाया कोइरालाको ११ दिनअघि निधन भएको थियो । कोइराला ४ बजे गाडीमा गएर मतदान गरेर ६ बजे फर्केका थिए ।

पुनः चुनाव गर्नु नपरोस् भनेर मतदानमा सहभागी भएको उनले बताए । कांग्रेसको विधानमा पहिलोपटक चुनाव हुँदा उम्मेदवारले ५० प्रतिशत भोट कटाउनु पर्ने उल्लेख गरिएको छ ।  उनले गुट उपगुटलाई जिताउन भन्दा पनि टाढा टाढाबाट आएका दुख नपाउन् भन्ने उद्देश्यले मतदान गरेको बताएका छन् । खस आर्य कोटाबाट उनले प्रतिनिधि जितेका थिए ।  उनी संस्थापन इतर समूहका हुन । कोइराला यसअघि मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सह–सचिव रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्