
कंगोमा तैनाथ भवानीदल गण (शान्ति सेना) २७ औं डफ्फालाई बदली गर्नको लागि फष्ट रैफल गण (शान्ति सेना) २८ औं डफ्फाको टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । पहिलो फ्लाईटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक UN Chartered Flight, Ethiopian Airlines मार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको हो ।
कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर बदली गरिएको सेनाले जनाएको छ ।