
मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दायाँबायाँ विभिन्न क्रियाकलाप र गतिविधि गर्न रोक लगाएको छ ।
मुग्लिङ–पोखरा राजमार्ग सुधार चरण एक योजनाअन्तर्गत आँबुखैरेनी जामुनेसम्मको सडकखण्डलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न लागिएकाले उक्त खण्डमा विभिन्न क्रियाकलाप गर्न रोक लगाइएको हो । राजमार्गको क्षेत्राधिकारभित्र केन्द्रदेखि २५÷२५ मिटर दायाँबायाँ पर्ने गरी खेतीबाली, खाडल खन्ने वा कुलोकुलेसा निर्माण, खानेपानी, धारा निर्माण गर्ने, सडकसँग जोडिने गरी प्रवेशमार्ग निर्माण गर्ने, किला तगारो गाड्ने, घरटहरा निर्माण गर्ने तथा कुनै किसिमका व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा रोक लगाइएको योजनाले जनाएको छ ।
सूचनाको बेवास्ता गरी राजमार्ग क्षेत्रभित्र कसैले त्यस्ता क्रियाकलाप गरी क्षति भएमा योजना जिम्मेवार नहुने र कुनै पनि किसिमको क्षतिपूर्ति वा सहयोग उपलब्ध गराउन नसकिने योजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।