२१ जेठ २०८३, बिहीबार

काँग्रेस बागमतीः सभापतिमा फेरि चुनाव हुने

मंसिर १९, २०७८
काँग्रेस बागमतीः सभापतिमा फेरि चुनाव हुने

नेपाली काँग्रेसको बागमती प्रदेशको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ।  पहिलो चरणको चुनावमा तीन उम्मेदवार कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको चुनाव हुने भएको हो । चुनाव आजै हुनेछ ।
चुनावी मैदानमा रहेका उम्मेदवारहरु इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नल्याएपछि चुनाव दोस्रो चरणमा गएको हो ।

बानियाँले ९९२ मत ल्याए भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याए । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५१ प्रतिशत मत आउनुपर्ने हुन्छ । जसअनुसार अब बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुने छ । त्यसका लागि पौडेल पक्षका केसी र देउवा पक्षका बानियाँबीच प्रतिस्पर्धा हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्